चट्याङ लागेर मकवानपुरमा एक जनाको ज्यान गयो


काठमाडौ, २० वैशाख । भारतबाट आएको शक्तिशाली चक्रपात ‘फानी’संगै परेको चट्याङ लागेर शुक्रबार मकवानपुरमा एकजनाको ज्यान गएको छ । चट्याङमा परि एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका ५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । घरभित्रै बसिरहेकी फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ३ स्थित लामिटारमा बाख्रा चराउँदै गर्दा चट्याङ लागेर स्थानीय बृन्दा मोक्तान घाइते भएकी छिन् । ५२ वर्षीय मोक्तान जंगलमा बाख्रा चराउँदै गर्दा चट्याङ लागेर बेहोस भएको प्रहरीले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्