चाँगु नगरपालिकालाई तीनवर्षभित्र पूर्ण सरसफाई उन्मुख बनाउने घोषणा


भक्तपुर, ८ भदौ । चाँगुनारायण नगरपालिकाले २०७८ पौष महिना भित्र पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । प्रतिनिधि सभा सदस्य महेश वस्नेतले उक्त रणनीतिक योजना सार्वजनिक गर्दै भक्तपुरलाई सुन्दर र स्वच्छ जिल्ला निर्माण गर्ने अभियानमा सबै लाग्नु पर्ने बताए । वस्नेतले चाँगुनारायण नगरपालिकाको जस्तै रणनीतिक योजना अन्य नगरपालिकाले पनि तयार पार्नु जरुरी रहेको बताए ।
नगरबासीहरुको व्यवहार परिर्वतनद्धारा पूर्ण सरसफाई उन्मुख पद्धतिको विकास गरि सहज, स्वस्थ, समृद्ध र आत्मसम्मान युक्त जीवनयापन गरिहेका हुने छन् भन्ने परिकल्पन रणनीतिक योजनाले गरेको छ ।
”सफा सुग्घर घर आँगन सफा स्वच्छ बाटो, पूर्ण सरसफाई उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ तयार भएको रणनीतिक योजनामा सरसफाई उपलब्धीलाई संस्थागत विकास गर्दै सफा,स्वच्छ,सुन्दर,समुन्नत,स्वस्थ,सभ्य समाजको निर्माणका लागि विशेष पहल गरि खानेपानी,सरसफाई र स्वच्छताको क्षेत्रमा उच्चतम विकास गर्दै चाँगु नगरलाई पूर्ण सरसफाईमा देशकै एक नमुना नगरपालिकाको रुपमा स्थापित गरि पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणा गर्ने रणनीतिक योजनाको लक्ष्य रहेको छ । प्रदेश नं ३ का २१९ पालिकाहरुमा चाँगुनारायण नगरपालिका यस किसिमको रणनीतिक योजना सार्वजनिक गर्ने प्रथम नगरपालिका रहेको चाँगु नगर प्रमुख सोमप्रसाद मिश्रले बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु शशिजंग थापा, राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सुर्यविनायक नगर प्रमुख बासुदेव थापाले नगरपालिकाले तयार पारेको रणनीतिक योजनाको पूर्ण कार्यान्वयनको सफलताको कामना समेत गरेका थिए ।

chagunarayan1

प्रतिक्रिया दिनुहोस्