चार अर्ब रुपैयाँको शेयर निष्कासन गर्न यी कम्पनीले पाए अनु्मति


काठमाडौं,३ बैशाख । वैशाखमा चार अर्ब रुपैयाँ बराबरको शेयर निष्कासन हुने भएको छ। वैशाखमा एउटा सामूहिक लगानी कोष, चार प्राथमिक शेयर र दुई कम्पनीका हकप्रद गरि तीन अर्ब ९९ करोड ७९ लाख ४० हजार रुपैयाँ बराबरको शेयर निष्कासन हुनेछन्।

धितोपत्र बोर्डका अनुसार एक अर्ब ६४ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर, एक अर्ब १४ करोड रुपैयाँको हकप्रद र एक अर्ब २० करोड रुपैयाँको सामुहिक लगानी कोष रहेको छ। धितोपत्र निष्कासनको तयारीमा रहेका आठ कम्पनी मध्ये पाँच कम्पनीले निष्कासन मिति समेत तय गरिसकेका छन्।

मिति तय गरेका कम्पनीको समय समेत जुधेको छ। सबैजसो कम्पनीले एक/दुई दिनको फरकमा शेयर बजारमा ल्याउनेछन्। लगानीकर्तालाइ छनौटको अवसर प्राप्त भएपनि एकै समय परेका कारण लगानीकर्तालाई पैसाको जोहो गर्न समस्या पर्छ।

वैशाखमा सबैभन्दा पहिले एक अर्ब २० करोड रुपैयाँ बराबरको नविल व्यालेन्स फण्ड वैशाख ५ गते सार्वजनिक हुने छ। वैशाख ६ गतेदेखि रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीले शेयर निष्कासन गर्ने छन्। वैशाख ८ गते देखि नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र वैशाख ९ गतेदेखि गणपति माइक्रोफाइनान्सले शेयर निष्कासन गर्ने छन्।

सार्वजनिक निष्काशनको अनु्मति पाएका कम्पनी

कम्पनीको नाम कित्ता निष्कासन मिति
गणपति माइक्रोफाइनान्स ३३५००० बैशाख ९ गते
नेपाल एग्रो लघुवित्त बित्तीय संस्था १६१७७८ बैशाख ८ गते
रसूवागडि हाइड्रो पावर १०२६३१५० बैशाख ६ गते
सान्जेन जलबिद्युत कम्पनी ५४७५००० बैशाख ६ गते
गुरास लघुबित्त वित्तीय संस्था २५००००
जम्मा १६४८४९२८
हकप्रद
एभरेष्ट इन्स्योरेन्स कम्पनी ८२१९४७५
ग्रमिण विकास लघुवित्त वित्तिय संस्था ३२७५०००
जम्मा ११४९४४७५
सामुहिक लगानीकोष             इकाई
नविल व्यालेन्स फण्ड १२००००००० बैशाख ५ गते
प्रतिक्रिया दिनुहोस्