चिकित्सा पेसाकै बदनाम गर्ने ‘नटवरलाल’लाई कार्वाही गर्नैपर्छ तर…


डा. सरोज धिताल
नक्कली चिकित्सक पक्राउ प्रकरणले समाजमा चिकित्सकलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याएको छ । कतिपय सतहभित्रका कुराहरुलाई बाहिर ल्याइदिएको छ र एउटा बहसको विषय बनाइदिएको छ ।

यो प्रकरणमा दुईवटा पक्ष छन् । एउटा– ठाडै चोर्ने, ढाट्ने र छल्ने कुरासँग सम्बन्धित छ । यो निश्चय नै खराब कुरा हो । जस्तो पायो, त्यस्तै मान्छेले थाहा नपाई के–के गरिरहेका छन्, त्यो अलग कुरा हो । दोस्रो– कसैले मेडिकल कलेजवाट राम्रैसँग उत्तीर्ण गरेको छ भने त्यसभन्दा अगाडि एसएलसी, प्लस टु, वा आइएसीका परीक्षामा के गरेको छ भन्ने कुरा कत्तिको महत्वपुर्ण हो भन्नेमा चाहिँ बहस हुन सक्छ ।

मानौं– कसैको औपचारिक शिक्षा छ कक्षा मात्र छ तर ऊ एकदमै मेधावी छ र मेडिकल कलेजमा पुगेपछि उसले रित पु-याएर उत्तीर्ण पनि ग-यो भने यसलाई ढाँटेर, छलेर र किनेर प्रमाणपत्र लिनेहरुकै कोटरीभन्दा पृथक ढंगले हेर्नुपर्छ ।

जो मान्छेले मेडिकल कलेजको प्रमाणपत्र नै ढाँटेर, छलेर र किनेर ल्याएका छन्, तिनीहरु निश्चय नै अयोग्य भई नै हाले । तर, मानौं– कसैको औपचारिक शिक्षा छ कक्षा मात्र छ तर ऊ एकदमै मेधावी छ र मेडिकल कलेजमा पुगेपछि उसले रित पु-याएर उत्तीर्ण पनि ग-यो भने यसलाई ढाँटेर, छलेर र किनेर प्रमाणपत्र लिनेहरुकै कोटरीभन्दा पृथक ढंगले हेर्नुपर्छ ।

स्वध्ययनबाटै माथि उठेका धेरै उदाहरण छन् र उनीहरुको विद्वतामा शंका गर्ने ठाउँ छैन । तर, मेडिकल कलेजको शिक्षामा चाहिँ निश्चित अनुशासनमा बसेर, सैद्धान्तिक ज्ञान हासिल गरेर, जाँच दिएर र उत्तीर्ण भएर मात्र बाहिर निस्कनुपर्छ । त्यसो हुँदा यदि कसैले मेडिकल कलेजभन्दा अगाडि आवश्यक योग्यता पूरा गरेको छैन तर मेडिकल कलेजमा राम्रो गरेको छ भने त्यसलाई कसरी लिने भन्ने एउटा प्रश्न छ ।

अमेरिकामा मेडिकल कलेजमा प्रवेश गर्नका लागि अन्डरग्य्राजुयट तह सिध्याएकै हुनुपर्छ । पोस्ट ग्राजुएट चाहे संगीतमा गरोस् वा इतिहासमा, ‘ब्याचलर’ गरिसकेकाले मात्र प्रवेश परीक्षा दिएर प्रवेश गर्न पाउँछ ।

युरोप र हामीकहाँ भने उच्च माध्यामिक तह सिध्याएपछि नै प्रवेश पाउँछौं । तर, कोही व्यक्ति असाध्यै मेधावी छ, उसले छ वर्षको विद्यालय अध्ययनपछि नै मेडिकल कलेजमा प्रवेश पायो र त्यहाँको जाँच राम्रोसँग उत्तीर्ण ग¥यो भन्ने त्यसलाई के भन्ने ? तैंले पहिले ढाँटेको थिइस् भनेर अयोग्य कसरी भन्ने ?

त्यसखालका मान्छेहरु र जसले मेडिकल कलेजमै प्रवेश गरेका छैनन्, ठाडै ढाटेका छन् वा प्रवेश गरेका छन् र मेडिकलको प्रमाणपत्र किनेका छन् भने त्यो फरक कुरा हो । हामीले यी दुईबीचको फरकलाई छुट्याउनैपर्छ ।

पढेर आइसकेपछि सुरुमा एकपटक लाइसेन्स परीक्षा हुन्छ । तर, आवधिक जाँच दिनुपर्ने अन्यत्रको जस्तो नियम हाम्रोमा छैन । पाँच वर्षमा त्यो डाक्टर कत्तिको ‘अपडेटेड’ छ भन्ने कुराको ज्ञान नवीकरण लिने चलन हामी कहाँ छैन, जुन हुनुपर्छ ।

पहिलो चरणमा नक्कली प्रमाणपत्रको यो विगविगी माथि सबैले चासो देखाउनु राम्रो कुरा हो । यो प्रकरणले पूरै चिकित्सा क्षेत्रमाथि नै आमजनताले शंका गर्ने अवस्था सिर्जना गरिदिएको छ । जो मान्छेले जानाजान नक्कली काम गरिरहेको छ, त्यस्तालाई सबैले चिन्न पाउने भए । यो खालको अगुगमन हुनु, चासो बढ्नु र कानुनी प्रक्रिया थालिनुलाई बेठीक भन्न मिल्दैन । जो फटाहा हो, जसले ढाँटेको छ र मेडिकल साइन्सको प्रमाणपत्र किनेर ल्याएको छ, त्यस्ता ‘नटवरलाल’माथि अहिले जुन खालको कार्वाही प्रक्रिया अघि बढेको छ, त्यो एकदमै जायज छ ।

पहिलेभन्दा अहिले एउटा राम्रो पक्ष के छ भने जसले जहाँबाट मेडिकल साइन्स उत्तीर्ण गरेर आए पनि नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स परीक्षा दिनुपर्छ । विधिका हिसावले पहिलेभन्दा अहिले यो धेरै राम्रो भएको छ । त्यति हुँदाहुँदै पनि चाल्नोमा ठूलो प्वाल भएको छ र त्यहाँबाट छिर्छन् भने लाइसेन्स परीक्षाको विधिमा पनि अझै केही परिमार्जन आवश्यक छ । जस्तो– पढेर आइसकेपछि सुरुमा एकपटक लाइसेन्स परीक्षा हुन्छ । तर, आवधिक जाँच दिनुपर्ने अन्यत्रको जस्तो नियम हाम्रोमा छैन । पाँच वर्षमा त्यो डाक्टर कत्तिको ‘अपडेटेड’ छ भन्ने कुराको ज्ञान नवीकरण लिने चलन हामी कहाँ छैन, जुन हुनुपर्छ ।

अनुगमनको पाटोलाई राज्यले चुस्त–दुरुस्त बनाउनुपर्छ । यसो गरियो भने स्वास्थ्य क्षेत्रमा देखिएको यस खालको विकृति हटाउन सकिन्छ ।
(काठमाडौं मोडल अस्पतालमा कार्यरत प्रतिष्ठित चिकित्सक धितालसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्