चितवनमा एमालेले जित्ने आँकलन, प्रचण्डपुत्री किन कमजोर ?


३ जेठ । सबै भन्दा बढी चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवारले निकै अग्रता लिएका छन् । प्रचण्डपुत्री रेणु दाहाललाई करिब एक हजार मतअन्तरले पछि पार्दै एमालेका देवी ज्ञवालीले अग्रतालाई फराकिलो बनाएका हुन् ।

चितवन काँग्रेसको बलियो किल्ला मानिन्छ । प्रचण्डले आफ्नी छोरी रेणुलाई जिताउनकै लागि काँग्रेससँग चुनावी तालमेल गरेपछि धरैले एमाले निकै कमजोर हुने अनुमान गरेका थिए ।

तर, सबैको अनुमानलाई फिका बनाउँदै एमालेका देवी ज्ञवालीले अहिलेसम्म २६४० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले भने १७५१ मत ल्याएकी छिन् । यही अग्रतालाई एमालेले कायम राख्ने हो भने जित निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्