चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु ४ जनाको अवस्था गम्भीर


चितवन ३१ असोज। चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ४ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरे छन् । घाइतेहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी सुशिलसिंह राठौड जानकारी दिए । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्