चितवन एमालेद्वारा ३ निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस


२० असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि नेकपा एमालेले उम्मेदवारहरुको नाम सिफारिस गर्ने क्रम धमाधम जारी राखेको छ । यसै क्रममा एमाले चितवनले पनि उम्मेदवारहरुका नाम सिफारिस गरेको छ ।

एमाले चितवनले समानुपातिकबाहेकको सदस्यको टुंगो लगाएको छ। जसमा चितवनका तीनवटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्वअर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा घनश्याम भट्टराई, शंकर थपलिया, सूर्य जमरकट्टेल, बिना तिमिल्सिना र रवीकिरण पौडेलको नाम सिफारिस भएको छ । प्रदेशसभा सदस्यका लागि भने क्षेत्र नम्बर १ को (क) मा दावा लामा र कृष्ण पन्त तथा (ख) मा कृष्ण खनाल एवं क्षेत्र नम्बर २ को (क) मा विजय सुवेदी र (ख) मा तेजेन्द्र खड्का सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ ।

क्षेत्र नम्बर ३ को (क)मा कृष्ण भुर्तेल सर्वसम्मत भए पनि (ख) मा भने १० जनाको नाम आएकाले सबै नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फको करिब ५० जनाको नाम आएकाले छनोट गरेर पठाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्