चितवन एमालेमा तीब्र प्रतिस्पर्धा


६ कात्तिक । आजदेखि सुरु भएको एमाले नवौँ चितवन जिल्ला अधिवेशनमा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने भएको छ । अघिल्लो पटक सर्वसम्मत अध्यक्ष चयन भएका जगन्नाथ थपलियाले दोहोरिने इच्छा गरेपछि जिल्ला कमिटीका उपाध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलसँग प्रतिस्पर्धा हुने भएको छ ।

वर्तमान अध्यक्ष थपलियाले अघिल्लो पटक सर्वसम्मत हुँदा नदोहोरिने प्रतिबद्धता व्यक्त गरेका थिए । मृदुभाषी पोखरेल कार्यकर्ताबीच लोकप्रिय नेताका रुपमा परिचित छन् ।

केन्द्रमा प्यानल नबनाउने भन्दै १० बुँदे प्रस्ताव पारित भए पनि जिल्लामा प्यानलकै आधारमा निर्वाचन हुने देखिएको छ ।

थपलियाको टीमबाट उपाध्यक्षमा पार्वती रावल र सचिवमा कृष्ण भुर्तेललाई अघि सारिएको छ भने पोखरेलेको टीमबाट उपाध्यक्षमा तेजेन्द्रवहादुर खड्का, सचिवमा नारायण वन र उपसचिवमा रामजी सापकोटा वा घनश्याम कँडेलमध्ये एक उठ्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्