चितवन महानगरपालिकामा पनि एमालेको अग्रता, प्रचण्डपुत्री दोस्रो स्थानमा


१ जेठ । निकै चर्चामा रहेको चितवन महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल दोस्रो स्थानमा रहेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार उनी ४१ मतसहित दोस्रो स्थानमा र एमालेका देवी ज्ञवाली ४९मतसहित पहिलो स्थानमा रहेका हुन् । करोडौँ रुपैयाँ बाँडेर प्रचण्डले चितवनमा आफ्नी पुत्री रेणुलाई जिताउन काँग्रेससँग समेत गठबन्धन गरेको आरोप लाग्दै आएको छ ।

काँग्रेस एक्लै लड्दा पनि चुनाव जित्ने चितवनमा काँग्रेस नेतृत्वले माओवादीलाई मेयर दिन राजी भएपछि काँग्रेस भित्रै विरोध भएको थियो । त्यो विरोध मतदाताले मतदानका क्रममा पनि देखाएका छन् । उनीहरुले माओवादीसँग तालमेल गरेपनि केही भोट रुख चिन्हमा हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्