चीनका उच्च सैनिक अधिकारी जिङ्गो नेपाल भ्रमणमा


२४ जेठ । उत्तरी छिमेकी चीनका ‘जोइन्ट स्टाफ डिपार्टमेन्ट सेन्ट्रल, मिलिटरी कमिसनका डेपुटी चिफ एडमिरल सुन जिङ्गो चारदिने औपचारिक भ्रमणमा काठमाडौं आएका छन् । उनलाई उपत्यका पृतनापति उपरथी शरदकुमार गिरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपालमा रहँदा उनले उपप्रधान एवं रक्षामन्त्री भीमबहादुर रावल र प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग भेट गर्ने कार्यक्रम छ ।
छिमेकी मित्रराष्ट्रका उच्पदस्थ सैनिक अधिकारीको यस्तो भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर बनाउँने सेनाले विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्