चीनका लागि नेपाली राजदूत पौडेललाई अभिनन्दन गरिने


१९ असोज । चीनका लागि नेपाली राजदूत एवं नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेललाई ‘पुडासैनी मैत्री समाज’ले अभिनन्द गर्ने भएको छ । पौडेल वागमती सफाई अभियानका शिखर व्यक्तित्व भएको भन्दै समाजले सम्मान गर्न लागेको हो ।

‘पौडेल नयाँ जिम्मेवारी सम्हाल्ने क्रममा चीनका लागि नेपाली राजदूतका रुपमा चीन जाने तयारीमा रहनु भएको छ,’ समाजका अध्यक्ष उत्तम पुडासैनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वागमती सफाईमा उहाँले पु¥याउनु भएको योगदान, स्वयंसेवी भावनाको विकास र बिस्तारमा उहाँले हासिल गर्नुभएको सफलता तथा हामी गर्नसक्छौं र सम्बृद्धि हाम्रै पालामा सम्भव छ भन्ने सत्यताको पहिचानमा समेत उहाँले गरेको योगदानको कदर गर्दै अभिनन्दन तथा बिदाई समारोहको आयोजना गरिएको हो ।’

कार्यक्रममा प्रमुख अतिथिका रुपमा शहरी विकास मन्त्री अर्जुननरसिंह केसी रहेको पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्