चीनबाट स्वदेश फर्किए एमाले वरिष्ठ नेता नेपाल


काठमाडौ । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । फस्र्ट सांघाई को–अपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा सियानमा सम्पन्न ‘प्रोमोटिङ रिजनलपिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’ मा भाग लिएर वरिष्ठ नेता नेपाल आज स्वदेश फर्किएका हुन् ।
विमानस्थलमा नेता नेपाललाई एमाले प्रचार विभागका सचिव विष्णु रिजाल र उनका स्वकीय सचिव मोहन गौतमलगायतले स्वागत गरेका थिए । पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘एड्भान्सिङ स्ट्राटेजिक को–अर्डिनेसन फर सेयर्ड डेभ्लपमेन्ट एन्ड एक्स्प्लोरिङ रिजनल को–अपरेसन विषयमा प्रवचन दिएका थिए ।
कार्यक्रममा नेपाल, चीन, कम्बोडिया, भारत, श्रीलंका, पाकिस्तान र टर्कीका नेताहरुको सहभागिता रहेको थियो । नेपाल गत शनिबार चीन प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्