चुनावको मिति घोषणा नगर्ने पक्षमा प्रचण्ड सरकारः पोखरेल


२९ माघ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले अहिलेको सरकारलाई स्थानीय निकायको चुनाव गराउन आफ्नो पार्टी लागिपरेको बताएका छन् ।  नेता पोखरेलले वर्तमान सरकारले स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गर्न नमानेको आरोप लगाए ।

उनले अहिलेको सरकारले संविधान संशोधन र मधेसीको माग पूरा गर्नुपर्ने बहाना बनाउँदै चुनावको मिति घोषणा नगर्ने पक्षमा रहेको बताए ।  सरकारले स्थानीय निकायको चुनाव नगराउने पक्षमा रहेकाले अनेक बहाना गर्दै आए पनि एमालेले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न दबाब दिने पोखरेलको भनाइ छ । स्थानीय चुनावको मिति घोषणा नभए देश सङ्कटमा जाने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्