चुनावको मुखमा युवा संघका उपाध्यक्ष गुरुङलाई पार्टीले षडयन्त्रपूर्वक कारबाही गरेपछि…


२५ चैत । युवा संघका उपाध्यक्ष राजु गुरुङलाई एमाले रुपन्देही जिल्ला कमिटीले कारबाही गरेको विषयलाई लिएर युवा संघले विज्ञप्ति निकालेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समुह निकट मानिने उपाध्यक्ष दिलु पन्त समुहले विज्ञप्ति नै निकालेर गुरुङमाथि भएको कारबाहीलाई षडयन्त्रपूर्वक भनेको छ । रुपन्देही पार्टीले बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका सन्दर्भमा गुरुङले अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै कारवाही गरेपछि त्यसलाई युवा संघले षडयन्त्रपूर्ण भनेको हो ।

गुरुङलाई बुटवल बहुमुखी क्याम्पसमा स्ववियु चुनाव हुन नदिन नेविसंघ र अखिल क्रान्तिकारीसँग मिलेर तालाबन्दी गराएको, अखिलको अलग्गै प्यानल खडा गरेको र अराजक क्रियाकलाप जारी राखेको जस्ता आरोप पनि पार्टीले लगाएको छ । तर, युवा संघले भने ती सबै आरोप झूट भएको दाबी गरेको छ ।

‘जिल्ला पार्टीले कारबाही सिफारिश गर्नु षड्यन्त्रपूर्ण छ,’ उपाध्यक्ष पन्तसहित चार जना सचिवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘पार्टी तथा विभिन्न भातृ संगठनहरु निर्वाचन सफल बनाउने अभियानमा अघि बढिरहदा यस्तो प्रकारको कारवाहीले पार्टीलाई नै नोक्सान पुर्याएको छ ।’

विज्ञप्तिमा युवा संघ संगठन विस्तार र सामाजिक परिवर्तनको अभियानमा सक्रिय तथा जुझारु रहेको बेला यस्तो षड्यन्त्रपूर्वक आएको कारवाही कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख छ ।9e

प्रतिक्रिया दिनुहोस्