चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन नेकपाको सुझाव


काठमाडौ, १६ वैशाख । चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई सुझाव दिएको छ । सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटका बारेमा सुझाव मागेका थिए । बैठकमा नेताहरुले पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुख्यतः संविधानले भनेको समाजवाद उन्मुख नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिइएको र चुनावको घोषणापत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइएको बताए । अहिलेसम्म सरकारले गरेका काम र उपलव्धीको रक्षा साथै विस्तार गर्न पनि प्रधानमन्त्री ओलीलाई नेताहरुले सुझाव दिइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन नेकपाको सुझाव


प्रतिक्रिया दिनुहोस्