चुलिदैँ विश्वकपको चर्चाः यी फुटबल ‘महारथी’ यसरी भीड्दैछन् मैदानमा


एजेन्सीहरु–विश्वकप फुटबल आगामी जुन १४ अर्थात आगामी ३१ जेठदेखि सुरु हुदैछ । फुटबल जगतमा प्रतिष्ठित खेल फिफा वल्र्डकप–२०१८ रुसको राजधानी मस्कोमा उद्घाटन हुँदैछ । विश्वकपमा चर्चित देश र खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएकाले चर्चा विश्वभर चुलिदैं गएको छ ।
यतिबेला विश्वकप सुरु हुनुभन्दा अगाडि हुने मैत्रीपूर्ण खेलहरु पनि भइरहेका छन भने विश्वकपमा भाग लिने ३२ वटै टिमले आफ्नो तयारीलाई पनि तीव्र पारिरहेका छन । फुटबल प्रेमीहरु अहिलेदेखि नै सामाजिक सञ्जालमा आफ्ना -आफ्ना टिम विजयी हुनेमा आस्वत देखिन्छन । विभिन्न देशका फुटवल ‘फ्यान’हरु आफ्नै टिमको जर्सी लगाएर हिँड्न थालिसकेका छन । विश्वभरका फ्यानहरु आफ्नो टिम भन्दा अरु टिम कमजोर भनेर अहिलेदेखि आफ्नै टिमको तीब्र प्रचारमा छन । कतिपयले त सामाजिक सञ्जाल फेसबुकमा विश्वकप भरि टेलिभिजनको रिमोट आफ्नो मात्र हात हुने भएकाले परिवारका सदस्यलाई ‘डिस्टर्व’ नगर्नसमेत आग्रह गरेका छन । यो भयो फ्यानका कुरा ।
रुसमा हुन लागेको विश्वकप फुटबल खेलमा विश्वभरबाट ३२ देशको सहभागीता हुनेछ । विश्वभरका टिममध्ये धेरैजसो नेपालमा भने ब्राजिल, फ्रान्स, जर्मनी, अर्जेन्टिना, स्पेन, नेदरल्याण्ड, पोर्चुगल लगायतका देशका खेलाडीहरुप्रति फ्यानको निकै चासो बढ्ने गरेको छ । रुसमा हुने फिफा विश्वकपमा ब्राजिलबाट चर्चित खेलाडी नेइमारको खेल हेर्न दर्शक आतुर छन । नेइमारले मेसी र रोनाल्डोसँग प्रतिस्पर्धा गर्ने धेरैको अनुमान छ ।
विश्वकै टप खेलाडी अर्जेन्टिनाका लियोनल मेसी हुन । विश्वको खेल मेसी विना प्राय अधुरै हुने गर्छ । विश्वकपको ट्रफी मेसीले नै लानेमा अर्जेटिनाका समर्थक ढुक्क छन ।
पोर्चुगलका चर्चित र टप खेलाडी क्रिस्टियानो रोनाल्डोको खेल हेर्न आतुर छन । फुटबलको इतिहासमै क्लबका तर्फबाट उनले धेरै गोल गरिसके । यो वर्षको विश्वकपको ट्रफी रोनाल्डोको हातमा पर्ने विश्वासमा छन उनका फ्यानहरु ।
जर्मनीका २१ वर्षीय टिमो विर्नरले पनि यो वर्षको सुनको जुत्ता दावी गर्दैछन फिफा वर्डकप २०१८ मा । यी बाहेक अन्य खेलाडीका पनि आफ्नै फ्यान छन ।
सन २०१० को विश्व विजेता स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । स्पेन उसको कलात्मक फुटबलका लागि विश्वभर चर्चित छ । स्पेनिस ला लिगाका समर्थक विश्व फुटबल प्रेमीमाझ छाएकाले पनि स्पेनिस टिम धेरैको रोजाइँको टिम हो । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने किपर डेभिड डे गा पनि विश्व फुटबलको उत्कृष्ट किपरको रुपमा अघि आएका छन । सन २००८ र २०१२ को युरोपियन च्याम्पियन साथै २०१० को विश्व कप जित्दाका केही खेलाडी अझै स्पेन टिममा छन ।
आफ्नो क्षमता देखाएर फ्यानमाझ लोकप्रिय बन्न पनि अन्य खेलाडीलाई थप चुनौती बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्