चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुल्योः मन्त्री लेखक


११ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताएका छन् ।

नेपाली कांग्रेस कास्कीले योजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका लेखकले प्रमुख तीन दलको सम्पन्न बैठकले जिविस अन्तर्गतका इलाकालाई मानेर नौ सयदेखि एक हजारको हाराहारीमा गाउँ र नगरपालिका बनाउने सहमति भएपछि अब स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढ्ने धारणा राखे ।

नयाँ संविधानमा मधेसी जनताको असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस तयार रहेको जानकारी गराउँदै उनले चित्त नबुझेका कुरामा संशोधन गरी संविधानलाई सबै जनताको साझा सम्पत्ति बनाउने दलको कार्यसूची नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्