चोरिएको ७ महिने शिशुको शव खेतमा फालेको अवस्थामा फेला


काठमाडौ, ११ भदौ । महोत्तरीको औरहीबाट चोरेर बेपत्ता बनाएको सात महिने शिशुको शव खेतमा फालेको अवस्थामा भेटिएको छ। आइतबार साँझ आफ्नै पसलमा खेलिरहेकी औरही नगरपालिका १ बस्ने सन्तोष चौधरीको सात महिने छोरी सोनालीलाई एक अपरिचित व्यक्तिले चोरेर भागेका थिए।

मृतक बच्चीका आफन्त रामअशिष चौधरीले दिएको जानकारी अनुसार औरही गाउँभन्दा पूर्व खेतमा बच्चीको शव फेला परेको हो।
बच्ची मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदिप भगतले जनाए।थप अनुसन्धानका लागि घटना स्थलतिर प्रहरी गइरहेको उनले जनाए।

प्रतिक्रिया दिनुहोस्