छठपछि आन्दोलन गर्ने महतोको चेतावनी


१२ कात्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सप्तरीको राजबिराजमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले त्यतिवेलासम्म पनि संविधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । ‘सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हुन्छ,’ उनले भने ।  उनले संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिने समेत चेतावनी दिए ।
सङ्घीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुँने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्