जंगली च्याउ खाँदा गाउँका सबैजसो गाउँले अस्पताल भर्ना, ६को अवस्था गम्भीर !

पहिलोन्यूज सम्बाददाता
असार १०। नुवाकोटमा जंगली च्याउ खाँदा सामरी–६ मैबल गाउँका सबैजसो गाउँले बिरामी परेका छन् । गाउँलेहरुले खोजेर ल्याएको च्याउ बिषालु परेपछि गाउँका सबैजसो बिरामी परेका हुन् ।
बिरामी परेकाहरुमध्ये ३१ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने गम्भीर भएका ६ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको बताइएको छ । गाउँलेले खोजेर ल्याएको च्याउ ८ घरले पकाएर खाएका थिए । तर च्याउ खाने बित्तिक्कै बान्ता आउने, बर्बराउने जस्ता समस्या देखापरेपछि बिरामी गाउँलेहरुलाई अस्पताल पुर्याइएको एक स्थानीयले पहिलोन्यूजलाइ बताए ।
बिरामी परेकामध्ये ८ जना बालबालिका र गर्ववती महिलाहरुहरु समेत छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ । विषाक्त च्याउको असरले बिरामीहरु बर्बराउने, कराउने, हातगोडा फ्याँक्ने, असामान्य व्यवहार देखाउने र मानसिक रुपमा सन्तुलन गुमाउने जस्ता लक्षणहरु देखिएको बिरामीहरुको उपचारमा संलग्न चिकित्सक डा. किसन नेपालीले पहिलोन्यूजलाई जानकारी दिए । पहिलोन्यूजसँग कुराकानी गर्दै उनले उपचारपछी पनि बिरामीहरुलाई सामान्य अवस्थामा फर्कन केहि समय लाग्ने बताए ।