जङ्गली हात्तीको आक्रमणबाट ६० वर्षीय मनहरिको मृत्यु


२२ कात्तिक । जङ्गली हात्तीको आक्रमणबाट झापामा  एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी अर्का एक व्यक्ति घाइते भएका छन् ।

बिहान घर नजिकै घाँस काट्न जाने क्रममा ढुंगेललाई जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनलाई घरनजिकैको चिया बगानमा हात्तीले आक्रमण गरेको थियो ।

६२ वर्षीय लम्बबहादुर प्रधान भने ढुंगेलसँगै घाँस काट्न गएका बेला  हात्तीको आक्रमणमा परी घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्