जङ्गली हात्तीले आक्रमण गर्दा बर्दियामा दुई जना मरे


३१ भदौ । जंगली हात्तीले आक्रमण गर्दा बिहीबार राति बर्दिया जिल्लाको सूर्यपटुवा–४ डल्लामा दुईजनाले ज्यान गुमाएका छन् । डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार हुँदाहुँदै राति मृत्यु भएको थियो।

बिहीबार राति नै खेती कुर्न बनाइएको मचानमा जाग्राम बसेका सूर्यपटुवा–४ डल्लाका ७२ वर्षीय पुरुवा थारूको पनि हात्तीको आक्रमणमा परी निधन भएको छ । राति पिसाब फेर्न मचानबाट ओर्लिदा जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका उनलाई कोहलपुर मेडिकल कलेजमा उपचार गर्न लैैजाने क्रममा राति नै बाटोमा मृत्यु भएको छ ।

दुवै मृतकको शवपरीक्षणका लागि बर्दिया लगिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेश थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्