जनकपुरका एक पत्रकारलाई पनि कोरोना संक्रमण


जनकपुरधाम, ३१ वैशाख ।  जनकपुरका एकजना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्थानीय टेलिभिजनमा कार्यरत पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनीसँगै एक पुस्तक व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। पत्रकारलाई पनि कोरोना संक्रमण देखिएपछि जनकपुरका पत्रकारहरु त्रसित बनेका छन् । संक्रमित पत्रकारको सम्पर्कमा अरु धेरै पत्रकार पनि रहेकोले उनीहरुको पनि परीक्षणको तयारी भइरहेको छ। यसअघि मंगलबार पर्साका पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्