जनकपुर अस्पतालबाट कोरोना संक्रमित भागे


जनकपुर, ११ जेठ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित व्यक्ति तेस्रोपल्ट भागेका छन् ।

उपचारका लागि अस्पताल भर्ना गरिएका सर्लाहीका ४० वर्षीय कोरोना संक्रमित पुरुष आइतबार बिहान प्रादेशिक अस्पतालको कोरोना उपचार कक्षबाट भागेको प्रहरीले जानकारी दिएको छ ।
मानसिक सन्तुलन ठीक नरहेका उनी आइतबार तेस्रो पटक अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्