जनजाति महासंघमा एमालेलाई यसरी घेरियो, कांग्रेस-फोरम-माओवादी गठबन्धन विजयी


५ पुस । जनजाति महासंघमा एमालेलाई घेराबन्दीमा पारेर हराएको छ । महासंघमा एक नम्बरमा रहेको एमालेलाई हराउन कांग्रेस, माओवादी, संघीय समाजवादी फोरमलगायत एक भएर लडेको चुनावमा त्यही प्यानलले जितेको छ ।

राती अबेर भएको मतदानबाट गठबन्धनका उम्मेदवार कांग्रेस निकट जगत बराम ३१ मत ल्याएर विजयी भएका छन् भने एक्लै लडेका एमाले निकट सूर्य भुजेलले २३ मत पाएका छन् ।

उपाध्यक्षमा किरण सुनुवार, गणेशलाल माझी, गोविन्द छन्त्याल, नवीन रोकामगर, लोकबहादुर दुरा, श्यामप्रसाद मण्डल, सोनाम लामा वालुंग र कृष्णकुमारी शेरचन विजयी भएका छन् ।

महासचिवमा संघीय समाजवादी फोरमका नित्यानन्द ताजपुरिया विजयी भएका छन् । उनले ३७ मत र एमाले निकट टासी ह्योल्मोले १५ मत पाएका थिए ।

सचिवमा आंग पासंग शेर्पा, गोपाल माझी, दानसिंह राउटे, राजकुमार बोटे, सुखबीर थामी, लाक्पा हिसे शेर्पा, शान्तिदेवी धिमाल, सुखमति राजबंशी, सोनाम लामा मुगाली र श्रृतीमाया कुमाल तथा कोषाध्यक्षमा मुकुन्दबहादुर पहारी विजयी भएका छन् ।

15590331_752085428276536_791833855732023981_n

15665612_752085494943196_1175852076187317987_n

प्रतिक्रिया दिनुहोस्