इमान्दार भएर बिकास निर्माणमा लाग्नुहोस : नेता नेपाल


काठमाडौं, २० असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले इमान्दार भएर बिकास निर्माणमा लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । शनिबार दसैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई इमान्दार भएर विकास निर्माणका काम गर्न निर्देशन दिएका हुन् । उनले भने,
स्थानीय सरकारको काम स्थानिय स्तरमा विसास गर्ने हो त्यसैले सडक पिच, पिउने पानी र हरियाली निर्माणको कामलाई उच्च प्राथमिकता दिनुहोस त्यसमा पार्टी र केन्द्रिय सरकारको सहयोग रहन्छ ।
नेता नेपालले जनताको समृद्धिको चाहनालाई पूरा गर्न सबैले एकतावद्ध भएर काम गर्नुपर्ने पनि स्पष्ट पारे । यसैक्रमा नेता नेपाले कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न सामाजिक अभियान थाल्नुपर्नेमा समेत जनप्रतिनिधिहरुलाई सचेत गराएका छन् । उनले
मुलुकमा महिला र बालबालिकामाथि हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना हुन नदिन जनस्तरवाटै लाग्नुपर्ने समेत धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्