जनप्रसाशन क्याम्पसमा नक्कली कार्ड र फर्जी मतपत्रमा निर्वाचन थालेपछि अनेरास्ववियुको बहिष्कार


१८ फागुन । नकेपा (एमाले) को पुरानो मुख्यालय अघि रहेको जनप्रशासन क्याम्पसमा अहिले नाराजुलुस चलिरहेको छ । मंगलबार निर्वाचन प्रमुखले राजिनामा दिए पनि क्याम्पस प्रमुखले राती नै नयाँ निर्वाचन प्रमुख नियुक्त गरेर निर्वाचन प्रक्रिया अघि बढाएपछि अनेरास्ववियुले विरोध गरेको हो ।

१५ गतेसम्म मात्र विद्यार्थी कार्ड वितरण गर्ने भनिए पनि क्याम्पस प्रमुख हरिभक्त शाहीले कलेजमै मिसिन ल्याएर कार्ड र मतपत्र छापेको, मतपत्र पनि अनेरास्ववियुले मत हाल्ने कोठा सानो बनाएको जस्ता आरोप लगाउँदै निर्वाचन बहिष्कार गरेको छ ।

तर, नेवि संघका पूर्व विद्यार्थी नेतासमेत रहेका शाहीले भने राती नै प्रहरी प्रशासन लगाएर अनेरास्ववियुले लगाएको ताला तोडेर निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै अहिले पनि त्यहाँ विरोध भैरहको अनेरास्ववियुका केन्द्रीय सदस्य बसन्त न्यौपानेले जानकारी दिए । ‘क्याम्पसमै मिशिन ल्याएर हिजोसम्म पनि कार्ड छापेर नेवि संघका विद्यार्थीलाई खोजिखोजी वितरण गरिएको छ,’न्यौपानेले भने, ‘हामीले यसको विरोध गरेका छौँ ।’ उनले मतपत्र पनि फर्जी बनाएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्