जनसरोकारका एजेण्डामा राष्ट्रिय सरोकार संसदीय समितिको तीन महत्वपूर्ण निर्णय


काठमाडौं, ५ असोज । राष्ट्रिय सरोकार तथा समन्वय समितिले ३ ओटा महत्वपूर्ण जनसरोकारका एजेण्डामा निर्णय गरेको छ ।
राष्ट्रियसभामा शुक्रबार बसेको बैठकले विजया दशमी–२०७५ को संघारमा यात्रुहरुको सुबिधाका लागि तत्काल टिकट बुकिङ खुलाउन तथा महंगी र कालाबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
समितिका सदस्य तथा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बैठकले राष्ट्रिय गौरवका आयोजनाका विषयमा सम्बन्धित मन्त्रीहरुसँग ११ र १२ असोजमा अन्तरक्रिया गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, बैठकले १४ र १५ असोजमा मेलम्ची आयोजना र काठमाडौं–तराई फास्ट ट्रयाक मार्ग स्थलगत अवलकोन तथा आवश्यक निर्देशनत दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्