जबर्जस्ती करणी गर्ने पासवान यसरी पुगे प्रहरी खोरमा


२६ जेठ । पछिल्लो समय जबर्जस्ती करणीका घटना बढ्न थालेका छन् । राजधानी मात्र होइन बाहिर पनि अहिले जबर्जस्ती करणीका घटना वृद्धि हुन थालेका छन् । प्रहरीले पछिल्लो समय जबर्जस्ती करणीको आरोपमा सिरहा नगरपालिका–१४ बस्ने ४३ वर्षीय हकरु पासवानलाई पक्राउ गरेको छ ।

पासवानले स्थानीय ४५ वर्षीया एक महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका पासवान अहिले प्रहरी नियन्त्रणमा छन् । पीडित महिलाको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्