जयमानको ट्रक


‘ए..हे..हे..।’
बत्ती बल्यो, अकस्मात् । घरभित्र मात्र होइन, बाहिर पनि उज्यालो छरियो । बाह्य उज्यालोले घर वरिपरिका केराका बोटहरु, लिच्ची र आ“पका पातहरुमा रात्रिकालीन प्रकाश–पुञ्ज छरिए र टलक्क टल्किए पनि ।

‘के भो ? के भो हजुरलाई ?’ बत्तीको तेजिलो प्रकाशले सुस्ताएको आ“खा मिच्दै स्वास्नीले सोधिन्–‘यो मध्यरातमा किन यस्तरी तर्सिदै उठ्नुभएको हो ? के भो आज ?’

‘हैन, केही भएको छैन । थाहा छ, मैले आज आफ्नो ट्रक पाए“ ।’ जयमानले आ“खा नउघारीकनै भने ।
‘त्यो ट्रक हराएको त आठ नौ वर्ष बितिसक्यो ।’ स्वास्नीले लामो सुस्केरा हालिन्–‘अब त्यो ट्रक फेला पर्छ भने नसोचे पनि हुन्छ । अब पाइ“दैन, त्यो ट्रक । इतिहास भइसक्यो अब ।’

जयमानले आज नपत्याउ“दो सपना देखे । यस्तो सपनाको सिकार नभएको पनि धेरै वर्ष बितिसकेको थियो । तर आज भने उनले त्यही सपना देखे, आफैले आफ्नो ट्रक हा“केर कुनै दूर बस्तीतिर दगुरिरहेको सपना । यस्ता सपना देख्ने उनले कल्पना समेत गरेको थिएन ।

सपनामा उनी ट्रक हा“केर कतै गइरहेका थिए । फराकिलो सडकबीच आफ्नै ताल र लयमा उनले ट्रक हा“किरहेका थिए । मीठा मीठा संगीतमा भुल्दै उनी आफ्नो कार्यमा निर्लिप्त थिए । त्यही बेला एउटा कालो–कालो बिरालोले बाटो काट्यो । त्यो दृश्य देख्नेबित्तिकै उनी चिच्याए–‘ए..हे..हे..।’
हो, त्यसपछि उनको सपनाको अन्त्य भयो ।

००

जयमान ट्रक चलाउन पारंगत थिए । पेशा नै त्यही भएपछि पारंगत हुनै प¥यो । नीलो रङको उनको ट्रक सबैले टाढैबाट चिन्थे र त्यो नीलो रङले कताकता शान्तिको सन्देश छरिरहेको भानव पनि हुन्थ्यो ।

‘पहिला म इन्डियामा बस्दा…।’ ट्रकसित गा“सिएको आफ्नो जीवन यात्रालाई उनी यसरी व्यक्त गर्थे–‘सुरु सुरुमा एकजना पञ्जावीको ट्रकमा काम गर्न थाले“ । लामो यात्रामा जानु पथ्र्यो । कता गइन“ र म ? सिमला, उटी, जम्मु, कस्मिर सबैतिर घुमे“, यही ट्रकमा । विस्तारै विस्तारै ती पञ्जावी गुरुजीको विश्वास जित्दै गए“ र मैले पनि ट्रक चलाउन सिके“ ।’

उनी आफ्नो कथा सुनाउन कहिल्यै थाक्दैनथे–‘ट्रक चलाउन थालेपछि जिन्दगी नै ट्रकको स्टेयरिङजस्तै लाग्न थाल्यो । कहिले दाया“, कहिले बाया“ मोड्नुपर्ने । कहिलेकाही त हैरान भइन्थ्यो । लामो यात्रामा निस्क“दा भोक र प्यासको उस्तै सामना गर्नु पर्दथ्यो ।’ उनी टक्क रोकिन्थे र भन्थे–‘तर एकदिन मैले एउटा निर्णय गरे“, गरेरै छाडे“ । त्यो के थियो भने, अरुका देशमा पसिना बगाउनुभन्दा त आफ्नै भूमिमा फर्किएर यही पेशालाई निरन्तरता दिन मन लाग्यो । र, नेपाल फर्किए“ र ट्रक किनेर यही चलाउन थाले“ ।’

एकदिन जयमानको ट्रक मरिन खोलाको धापमा फस्यो । गहु्रङ्गा मालसामानहरु लिएर गइरहेको बेला नमज्जाले ट्रक भास्सियो । सबै सामानहरु उतार्दा पनि ट्रक निक्लिएन ।

‘यो ट्रक किनेपछि पहिलोचोटि यस्तो दुःख पाइएको हो ।’ जयमान खिन्न र उदास देखिए ।

‘तपाई त ट्रक चलाउन सिपालु हुनुहुन्थ्यो । कसरी त्यस्तो धापमा लगेर फसाउनु भो ?’

‘हैन, यसरी फस्छ भन्ने कसरी थाहा थियो र ?’

एक हप्तासम्म मरिन खोलाको बगरमा उनको ट्रक त्यत्तिकै थन्किएर रह्यो । पछि, वरिपरिका गाउ“लेहरु जुटाएर डोरीले तानेर ट्रक निकालियो । उनले संकल्प गरे–‘अबदेखि म बगरको बाटो कहिल्यै ट्रक लादिन“ ।’ तर उनको प्रतिज्ञा त्यति दीर्घायु हुने खालको भने थिएन । किनभने तिनै बगर र उबडखावड बाटाहरुमा नै उनले ट्रक चलाउनु पथ्र्यो ।

००

दिनहरु बित्दै गए ।

एकदिन । जयमानको जीवन–संघर्षका पलहरुमा त्यो एकदिन भयानक दुःस्वप्नको रुपमा उपस्थित भएर आयो । कुनै पनि कोणबाट परिकल्पना नगरिएको क्षण र लान्छनाको सामना गर्नुप¥यो उनले ।

‘तपाईको ट्रक भीमान चौकी आक्रमणमा प्रयोग गरिएको रहेछ । तपाई पनि आतंककारीहरुका मतियार बन्नुभएछ ।’ जयमानलाई एकदिन केरकार गरियो ।

आफूमाथि थोपरिएको आरोप सुनेर उनी एकछिन स्तब्ध भए । आरोपमा कुनै सत्यता थिएन । तर पनि उनले फन्दाबाट सितिमिति हिसाबले उम्किने बाटो फेला पार्न सकिरहेको थिएन ।

‘हैन हजुर, मेरो ट्रक त्यतिबेला मर्मत सम्भारका लागि वीरगञ्जमा थियो । नपत्याए…।’ जयमानले भने ।
‘हामीले पत्याइसक्यौं । भीमानमा अट्याक गर्नुभन्दा चार पा“च दिनअघिदेखि तपाईको ट्रक गायब थियो । आक्रमण भएको त्यस्तै चार पा“च दिनदेखि फेरि तपाईको ट्रक देखियो । यथार्थ के हो, नलुकाइकन भन्नुस् । मैले राम्रो मुखले सोधिरहेको छु तपाईलाई ।’

‘नपत्याए…।’ जयमानको बोली अर्ध–अवरुद्ध भयो ।

‘होइन, तपाई ढा“ट्ने प्रयत्न नगर्नुस् । भीमान चौकी आक्रमण गर्दा तिनीहरुले तीन चारवटा ट्रक युज गरेका पत्ता लागिसक्यो । तिनै ट्रकहरु चढेर उनीहरु आक्रमण गर्न आएा थिए र लास र घाइतेहरुलाई पनि त्यही ट्रकमा नै ओसारिएको थियो ।’

‘नपत्याए…।’ जयमानको स्वर सुक्दै थियो ।

‘अनि, नीलो नीलो रङको ट्रक पनि प्रयोग गरिएको रहेछ । नीलो रङको ट्रक तपाई बाहेक अरु कसको छ र ? हैन त ?’

‘होइन हजुर, मेरो ट्रक एक हप्तासम्म वीरगञ्जमा बनाउन राखिएको थियो । नपत्याए, ट्रक मर्मत गर्दाका बिलहरु देखाउन म तयार छु र तपाईहरुले पनि वीरगञ्जको सञ्जीवनी मेसिनरी सेन्टरमा बुझ्न सक्नु हुनेछ ।’ जयमानले दृढतापूर्वक भने ।

‘ठीकै छ, हामी थप अनुसन्धानमै हुनेछौं । अहिलेलाई जानोस् र हामीले बोलाएको समयमा आउनु होला ।’ केरकार गर्नेले भने ।

जयमान मनमनै मुर्मुरिए–‘नखाएको बिष पनि कही लाग्छ र भन्या ?’

००

एक सातापछि, जयमानले फेरि अर्को विपत्तिको सामना गर्नुप¥यो । उनी ट्रक चलाउ“दै गइरहेका थिए, अत्यन्तै उबडखावड बाटाहरुमा । एक ठाउ“मा त यति ठूला ठूला ढुंगाहरु थिए कि, त्यसलाई ट्रकले सहज रुपमा पार गर्न सक्दैनथ्यो । उनी मनमनै चकित भए–‘कसको बदमासी हो यो ? हिजो यही बाटो आउ“दा राम्रै थियो, रातारात कसले यसरी ठूल्ठूला ढुंगाहरु राखिदिए ?’

ट्रक रोकेर ढुंगा पन्छाउन उनी झरे । तर एक्कासी दस बाह्र जनाले उनलाई घेरा हालिहाले । उनलाई एक्कासी डर र त्रासले अ“ठ्यायो । किकर्तव्यविमूढ स्थितिमा आफू उभिइरहेको जमिनमाथि मूर्तिझै उभिइरहे उनी टक्क । र, निर्जीव वस्तुझै देखिए ।

‘ट्रक स्टार्ट गर्नुस् ।’ एकजनाले आदेशात्मक स्वर छर्दै भन्यो ।

‘किन ? किन र ?’ क्रमशः सुस्ताउ“दै गएको स्वर खसे, उनको ओठबाट–‘किन स्टार्ट गर्नुप¥यो ?’
‘गाडी स्टार्ट गर्नुस् र हामीले भनेको ठाउ“तिर हि“ड्नुस् ।’ आदेश दिनेको स्वर झन्झन कडा हु“दै गइरहेको थियो ।

‘तर गाडीमा टन्नै सामानहरु छन् ।’ लर्बरिएको स्वरमा जयमानले भने ।

‘हामीलाई केही पनि थाहा छैन । हामीले भनेको ठाउ“तिर गाडी लिएर जानुपर्छ ।’

‘मैले के बिराम गरेको छु र ?’

‘हामीसित एक एक रेकर्ड छ । सेना, पुलिस सबैको रासन पानी यही ट्रकले ओसार्छ । रसद पानीमात्र होइन, अस्तिको दिन त सेना नै बोकेर हि“डेको थियो । हामीलाई सबै थाहा छ । तपाई प्रतिक्रियावादीहरुको मतियार हुनुहुन्छ भन्ने कुरा हामीलाई एक एक थाहा छ ।’ गर्विलो स्वरमा ती मान्छे कुर्लियो ।

‘तर..तर..।’

‘तर सर होइन । हि“ड्नुस्, हामीले भनेका ठाउ“तिर ।’

जयमानको ट्रक अदृश्य थलोतिर हुइ“कियो ।

००

जयमान र उनको ट्रक फर्किन त फर्कियो तर महिनौं दिनसम्म त्यत्तिकै थन्कियो । ट्रक चलाउ“दा कुन बेला, कहा“ के हुने हो, कुनै टुंगो थिएन । सर्वत्र समस्याका पहाडहरुमात्रै उभिएका थिए ।

‘अब ट्रक चलाउन छाड्नु प¥यो ।’ एकदिन जयमानले खिन्न मन पार्दै भने ।

‘जानेको काम यही एउटा हो । यो पनि छाडेर के गर्नु ?’ स्वास्नी पनि खिन्न देखिइन् ।

‘अरु कुनै पेशा रोज्नु पर्ला ।’ जयमानले भने । तर उनले कुनै विकल्प भने देखिइरहेको थिएन ।

‘के गर्ने अरु काम ?’

‘हेरौं, त्यत्तिकै खाली हात त कहा“ बसिएला र ?’ जयमानले दृढ संकल्पित स्वर छरे ।

महिनौंसम्म थन्किएपछि एकदिन भने जयमानले ट्रक स्टार्ट गरे । ट्रक चलाए र फेरि फर्किए काममा, उही पुरानै काममा फर्किए ।

जयमान पुरानै काममा फर्किन त फर्किए । तर एकदिन भने उनको ट्रक चाहि“ फर्किएन । शमशेरगञ्जको जुन होटलमा उनी सुतेका थिए । तीन जना केटाहरुले लस्सी पिउने निहु“मा उनलाई बेहोस बनाए । उठ्न त भोलिपल्ट उनी उठे तर उनी सर्वांग लुटिएका थिए र ट्रक पनि गायब थियो ।

होटलवालालाई उनले सोधे । तर ती केटाहरुले राति नै ट्रक चलाएर सीमापार गरेको जवाफ मात्रै पाए । जयमान रित्तै हात घर फर्किए ।

००

अब जयमानको ट्रक किम्वदन्ती बनिसकेको छ ।

००

प्रतिक्रिया दिनुहोस्