जरिङ्गोको तरकारी खाँदा दोलखामा ४ जना बिरामी


jaदोलखा, २२ जेठ । जरिङ्गो नामक सागको तरकारी खाँदा ४ जना बिरामी भएका छन् । दोलखाको बैतेश्वर ८ क्षेत्रपा एबो बस्ने एकै परिवार का चार जना विरामी भएका हुन् । विरामी हुनेमा हरिराम बस्नेत श्रीमती नरमाया बस्नेत र रेत बहादुर बस्नेत श्रीमती लक्ष्मी बस्नेत विरामी परेका छन् । मंगलवार विहान वारीमा फलेको जरिङ्गोको सागको तरकारी खान साथ उनिहरु अचानक वेहोस भएपछि मैनापोखरी स्थित हिमालय केयर अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताका अनुसार सागमा पोइजन हुन सक्ने भन्दै थप उपचारका लागि चरिकोट रिफर गरिएको छ । अहिले उनिहरुलाई थप उपचारका लागि चरीकोट लगिएको पत्रकार नविन कुमार खतीवडाले जनाएका छन् । नविन कुमार खतीवडा

प्रतिक्रिया दिनुहोस्