जापानबाट कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘जनताको भावना बुझेर सीमांकन हेरफेर गर्नुपर्छ’


१६ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसका नेताहरु भन्दा त्यहाँ बसोबास गर्ने जनताको भावनालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । जापान भ्रमणमा रहेका वरिष्ठ नेता पौडेलको सम्मानमा बिहीबार गैरआवासीय नेपाली सङ्घ जापानले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘स्थानीय जनताको भावना बुझेर सीमाङ्कनको टुङ्गो लगाउनुपर्दछ ।’

वरिष्ठ नेता पौडेलले संविधान जारी गर्ने बेलामा काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरुले संसद्को रोस्टममा उभिएर संविधान संशोधनको प्रतिबद्धता जनाएको भन्दै संशोधनका लागि तीनै पार्टी एक ठाउँमा आउन जरुरी रहेको स्पष्ट पारे ।

साँघुरो विचार र कमजोर मानसिकताले केही गर्न नसकिने भन्दै पौडेलले विविधताबीचको एकताको देश नेपाल भएकाले मधेसी जनतामा आफूहरु हेपिएको भन्ने भावनाको अन्त्य गर्न जरुरी रहेको बताए ।

वरिष्ठ नेता पौडेलले विगतको शासन व्यवस्थामा मधेस र मधेसी हेपिएको चर्चागर्दै लोकतन्त्रको स्थापनापछि यो क्रमशः हट्न थालेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्