जापानमा शक्तिशाली आँधीपछि फेरि भुकम्प


काठमाडौ, जापानको होक्काइदोमा बिहिवार विहानै गएको शक्तिशाली भूकम्पमा परी २ जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् । हराएका १० जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको एनएचकेले जनाएको छ । बिहान ३ बजेर ८ मिनेटमा गएको ६ दशमलव ७ म्याग्नेच्यूडको भूकम्पका कारण विद्युत प्रवाह ठप्प छ भने यातायातका साधनहरु चलेका छैनन् । बुलेट रेल तथा स्थानीय रेल सेवाहरु पनि अवरुद्ध छन् । भूकम्पपछिको पहिरोमा परि घरहरु पुरिएको त्यहाँको सरकारी संचार माध्यमले जनाएका छन् । भूकम्पपछि ठूलो पराकम्प पनि गएको थियो । केहि शहरहरुमा भूकम्पपछि पहिरो जाँदा धेरै घरहरु पुरिएको हराईरहेका केहि मानिस उद्धार भईरहेको बताईएको छ । हजारौंको संख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको स्थानीय सरकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्