जापानी प्रधानमन्त्रीलाई इजरायलमा जुत्तामा खाना दिएपछि…


japan-pmजापानी प्रधानमन्त्रीलाई इजरायलमा जुत्तामा खाना दिएपछि सबै आच्चर्यमा परेका छन ।
जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र उनकी श्रीमती सारा नेतन्याहुका साथ मे २ का दिन जब इजरायली प्रधानमन्त्रीको आधिकारिक निवासमा डिनर गरे तब उनलाई डेजर्ट ‘जुत्ता’मा खाना दिइयो ।
इजरायलका सेलिब्रेटी शेफ मोशे सेगेभ जो प्रधानमन्त्रीका निजी भान्से पनि हुन् उनले शानदार डिनरको अन्त्यमा डेजर्टका रुपमा छानिएको चकलेट धातुबाट बनेको ‘जुत्ता’मा राखेर प्रस्तुत गरे। जापानी संस्कृतिमा जुत्तालाई अत्यन्तै अपमानजनक मानिन्छ ।

आबेले त जुत्तामा प्रस्तुत गरिएको डेजर्टलाई बिना हिच्किचाहट खाए तर जापानी र इजरायली कुटनीतिज्ञहरुलाई यो कुरा मन परेन । जापानमाथि दृष्टि राख्ने विश्लेषकहरु पनि यो देखेर आश्चर्यमा परे कि जापानी प्रधानमन्त्रीलाई खाना जुत्तामा किन प्रस्तुत गरियो ।

प्रतिक्रिया दिनुहोस्