जापान नेपालसँग पराजित


मंसिर ४ । नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अबसरमा अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि जित हात पारेको छ । शनिबार भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानलाई १–०ले पराजित गरेको हो ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका नवयुग श्रेष्ठले विजयी गोल गरे । दोस्रो हाफको ५८ औं मिनेटमा नवयुगले गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्