जितेन्द्र देव र राजेन्द्रले गरे ओलीको प्रसंशा हृदयेश त्रिपाठीले दिउँसै रात पारेको केपीको गुनासो

९ मंसिर । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियु र युवा संघ नेपालले संयुक्तरुपमा आयोजना गरेको ‘संविधान संशोधन र कार्यान्वयनको प्रश्न’ विषयक ‘बिग बहस’ कार्यक्रममा केही रमाईला दृष्य पनि देखिए । कार्यक्रममा अतिथि बक्ताका रुपमा निम्ता गरिएका संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव दुबैले मन्तव्यको सुरुमै आफूहरु पहिला एमाले भएको भन्दै जीवनको ऊर्जाशील समय एमालेमा खर्च गरेको स्मरण गरे ।
सम्धोनका लागि देवलाई बोलाउने क्रममा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जितेन्द्र देब यादव भनिन् । जब देश स्टेजमा पुगे अनि भने । ‘म जितेन्द्र देव हुँ, त्यसपछि यादव, चौधरी, थारु केही छैन । मेरो नाम जितेन्द्र थर देव हो,’ उनले भने, ‘४२ वर्ष कम्युनिष्ट राजनीति गरेँ । जीवनको ऊर्जाशीले समय एमालेमा विताएँ । उहाँले मेरो थरको पछि यादब जोड्दा विद्यार्थी कालको राजनीतिको याद आयो ।’
उनले सम्बोधनको करिब तीन मिनेट एमाले र पार्टी अध्यक्ष केपी ओलीको प्रसंषा गर्नमा खर्च गरे । ‘म उहाँलाई राम्ररी चिन्छु, एमालेमा हुँदा उहाँकै नजिक भएर काम गरेको व्यक्ति हुँ,’ देवले भने, ‘म उहाँको नरम कडा दुबै वानीबारे जानकार छु ।’
उनले एमालेलाई विचारमा दृष्ढ र व्यवहारमा नरम हुन पनि आग्रह गरे । ‘अहिले मधेस र पहाडबीच मनभेद सुरु भएको छ । मतभेद भए जोडन सकिन्छ । मनभेद भयो भने जोड्न मुस्किल छ,’ उनले भने, ‘ओलीजी अडानमा पक्का हुनुहुन्छ मलाई थाहा छ । तर, मनभेद हुन नदिन नरम बन्नुहोला ।’
राजेन्द्र श्रेष्ठले पनि सम्बोधनका क्रममा आफ्नो ऊर्जाशील उमेर एमालेमै विताएको भन्दै विद्यार्थी र युवाले गरेका कार्यक्रममा बोलाएर सम्झेको भन्दै धन्यवाद दिए । ‘मलाई अहिले यो मञ्चमा आएर बोल्दा आफ्नै परिवार भित्र भएको जस्तो लागेको छ,’ उनले भने मालेको पाँचौ महाधिवेशन यही हलमा भएको थियो । त्यही महाधिवेशनबाट म र जितेन्द्रजी केन्द्रीय सदस्य चुनिएका थियौँ । यही हलमा आएर सम्बोधन गर्दा मलाई गौरव लागेको छ ।’
उनले ओली स्टेट–फरवार्ड नेता भएको भन्दै प्रसंशा पनि गरे । ‘उहाँ अडानमा पक्का नेता हो तर संसदीय व्यवस्थामा अलिक देखिएन,’ उनले भने, ‘यसमा सुझबुझ पुर्याउनु होला ।’ सम्बोधनका क्रममा हृदयेश त्रिपाठीले भने एमालेको कडा आलोचना गरे । जब सम्बोधन सकेर मञ्चमा बसे । त्यसपछि मञ्चमा सँगै बसेका ओलीले त्रिपाठीलाई दिउँसै रात पारेको भन्दै व्याङ्ग्य गरे । त्यति बेला मञ्चमा सँगैबसेका उपाध्यक्ष भीम रावल र युवा संघ अध्यक्ष राजीव पहारी पनि मुस्कुराएका थिए ।
पछि सम्बोधनका क्रममा पनि ओलीले त्यही कुरा गरे । ‘अहिले वातबहादुरहरुले देश चलाएका छन्,’ ओलीले भने, ‘तराईका लागि सिन्को भाँच्न नसक्नेहरु अहिले आएर एमालेलाई अर्ती दिन थालेका छन् । यो भन्दा लाजमर्दो के हुन्छ ?’
ओलीले एनजीओ, आइएनजीओहरुले एमालेलाई पहिला पनि अर्ती दिने गरेको स्मरण गर्दै भने– ‘अहिले पार्टीका नाममा पनि एमालेलाई अर्ती दिएर दिउँसै रात पार्न थाले ।’
ओलीले प्रचण्ड नेतृत्वको सरकारले तास फिटेझैँ गफ फिट्ने बाहेक केही काम गर्न नसकेको अरोप पनि लगाए । ‘संविधान संशोधन के–का लागि भन्दा केही उत्तर छैन,’ ओलीले भने, ‘अहिले केही वातबहादुरहरु मन्दिनुहोस्, नरम हुनुहोस् भन्छन् । एमालेलाई तराई विरोधी भन्छन् ।’