जिल्ला अस्पताल जिरीमा हुँदैन कुकुरले टोकेको उपचार, काठमाडौ धाउनुपर्ने बाध्यता


दोलखा, १४ कात्तिक । दोलखाको जिल्ला अस्पताल जिरीमा कुकुरले टोकेको उपचार हुन नसक्दा काठमाडौ धाउनुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा सामान्य घरेलु कुकुरले टोक्दा उपचार नपाएपछि त्यहाँका चिकित्सकले विरामीलाई काठमाडौ पठाउने गरेका छन । मंगलबार जिरी नगरपालिका वडा नम्बर २ की ३५ वर्षीया पेमदिकी शेर्पालाई कुकुरले टोकेको थियो । शेर्पालाई उपचारका लागि जिरी अस्पताल लगेपनि उपचारका लागि काठमाडौ जान त्यहाँका डाक्टरले भनेको शेर्पाले बताइन । त्यहाँका डाक्टरले काठमाडौमा गएर उपचार नगरे १५ दिनभित्र मृत्यु हुन सक्ने भन्दै त्रसित बनाएपछि शेर्पा बुधवार काठमाडौमा उपचारका लागि आएको जानकारी दिइन । घरेलु कुकुरको पुच्छरमा किल्चिएपछि उनलाई कुकुरले टोकेको थियो । यता जिल्ला अस्पताल जिरीको ल्याण्डलाइन फोनमा कुरा गर्न खोज्दा फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्