जिससको आयोजनामा स्थानीय जनप्रतिनिधिलाई क्षमता विकास तालिम


jisasaदोलखा, २२ जेठ । स्थानीय तहको बजेट योजना तर्जुमा, नतिजामुखी विकास आयोजना, स्थानीय तहको वित्त व्यवस्थापन, विकासका समसामयिक मुद्दाहरु, गाँउकार्यपालिका र वडा समितिका काम कर्तव्य र अधिकार लगाएतका विषयमा तालीम शुरु भएको छ । जिसस दोलखाको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास को लागि तालिम शुरु भएको हो ।
सोमवार बैतेश्वर गाउँपालिकाको लागि मैनापोखरीमा आजबाट तालीम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दोलखाको आयोजना तथा वैतेश्वर गाँउपालिकाको संयोजनमा सम्पन्न कार्यक्रममा सम्पन्न तालीममा वैतेश्वर गाँउपालिकाका अध्यक्ष छवि लामा को अध्यक्षता तथा जिल्ला समन्वय समिति दोलखा का प्रमुख डवल पाण्डे को प्रमुख आतिथ्यता मा भएको थियोे । जिसस प्रमुख डबल पान्डेले गाउँ पालिकाको समृदिको लागि जनप्रतिनिधि र कर्मचारी सहमति को साथ नीति नियम लाई पालना गरेर अघि बढनुपर्ने बताएका छन् । उनले गाउँ पालिकाले दिगो बिकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्न समेत आग्रह गर्नु भयो साथै जिससले प्रदेश सरकार र अन्य स्थानीय तह सङ्ग समन्वय गर्नु पर्ने बिषय भएमा जिसस सधैब तत्पर रहेको पनि बताएका छन् । कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पराजुली लगाएतले आफ्नो धाराणा राखेका थिए । तालीम कार्यक्रम मा जिल्ला समन्वय समिति का वरिष्ठ कार्यक्रम अधिकृत विक्रम कार्की, नारायण सेढाई वैतेश्वर गाँउपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य , प्रमुख प्रशासकीय अधिकृत नवराज पराजुलीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्