जुगल हिमाल आरोहण खुला गर्न प्रदेश सरकारको केन्द्रसंग अनुरोध


हेटौंडा, ८ कात्तिक । ३ नम्बर प्रदेश सरकारले सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल आरोहण खुला गर्न नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा वुधबार बसेको मन्त्रिपरिषदको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रस्तावमा सो हिमालको आरोहण खुला गर्न अनुरोध गर्ने निर्णय गरेको हो । यस अघि पनि सो हिमाललाई खुला गराउने चर्चा चलेपनि खुला हुन सकेको भने छैन । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालको क्षेत्रभित्र दोर्जे लाक्पा, फुर्बा घिप्चे लगायतका हिमाल पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्