जेलभित्र क्रिश्चियन धर्म प्रचार गर्दै


सुर्खेत, २६ वैशाख । छ वर्षअघि वीरेन्द्रनगर १ स्थित अनुग्रह चर्चका केही विश्वासी सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे । कैदी बन्दीका लागि खाद्यन्न सहयोग गर्ने भन्दै पुगेका उनीहरु छ वर्षयता कारागारलाई धर्म प्रचारको केन्द्र बनाउँदै आएका छन । शिक्षा, स्वास्थ्य खानेपानी लगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीहरुले सयौँ अनुयायी जन्माएका छन । कतिसम्म भने कारागार प्रशासनले बिरामी कैदी बन्दीलाई अस्पताल पुरयाएर उपचार गराउनुको सट्टा पास्टरहरु बोलाएर प्रार्थना गर्न लगाउने गरेको छ ।
कारागार प्रशासनले पुस्तकालय, सीपमुलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माण लगाएतका नाममा काठमाडौदेखि पोखरासम्म र्चचका पास्टर र अनुयायीलाई कारागारभित्र निर्वाध प्रवेश दिन्छ । सहयोग र प्रेमबाट कैदी बन्दीको जीवन परिवर्तन गर्ने भन्दै उनीहरु जेलभित्रै धर्म प्रचार गर्छन । जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी बन्दी मात्र होइन उनीहरुका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायी घरैसम्म पुग्छन । नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्