जेलमा थियौं भन्नुको अर्थ छैन, अहिले ढुकुटीमा, भ्रष्ट्राचार गर्ने ठाउँमा छौ


काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी ओलीले सरकार सुशासन र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार नेकपाका केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो जोड दिएका हुन् ।

जेलमा होइन, ढुकुटीमा छौं
हामी जेलमा थियौं, जेलमा बस्यौं, परिवर्तन र मूल्य–मान्यताका लागि लड्यौं, ठूलो वलिदान ग¥यौं कहिल्यै भ्रष्ट्राचार गरिएन भन्नुको के अर्थ छ ? अहिले त हामी राज्यको तालाचावी सहित ढुकुटी चलाउने(सरकारमा) छौं । सरकारले, मन्त्री, सांसदहरुले भ्रष्ट्राचार गर्छन् कि गर्दैनन् भनेर जनताले हेर्ने मात्र होइन, प्रश्न गर्ने ठाउँमा आइपुगेका छौं । त्यसैले नियम–कानुन बाहिर गएर चल्न थाल्यौं भने हामी सबै जनताको कठघरामा उभिनुपर्ने कुराप्रति सबै सचेत बनेर देश र जनताप्रति समर्पित हुनुपर्छ ।

वाचा पूरा गर्न समृद्धीमा केन्द्रीत हुनुपर्छ
अहिले हाम्रो काँधमा धेरै ठूलो जिम्मेवारी छ । सत्ता बाहिर हुँदा, चुनावका बेला जनता माझ जाँदा जित्यौं भने के–के गर्छौं भनेर वाचा–कबूल गरेका छौं । जनताले जिताए, हामीले जित्यौं र अहिले सरकारको नेतृत्व गर्दैछौं । अब हामी जनतासँग गरिएको कबूल पूरा गर्नेतिर, मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने काममा लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्