जैतुन विकास केन्द्र स्थापना गरिने


मदनराज जोशी

१० भाद्र । पहिलो पल्ट बाजुरा जिल्लामा जैतुन विकास केन्द्र स्थापना गरिने भएको छ । नेपालका उच्च हिमाली तथा मध्य पहाडी क्षेत्रमा स्थानीय जात रुपमा जंगली जैतुन रहेको छ ।

नेपालमा जैतुन सम्वन्धी अध्ययन तथा अनुसन्धान गर्नका लागि टुसिया विश्व विद्यालय इटलीले गरिरहेको छ । नेपालका बाजुरा , वझाङ्ग , मुगु ,हुम्ला , जुम्ला , कालिकोट , रुकुम ,डोल्पा र मुस्ताङ्ग जिल्लाहरुमा इटलीन सरकाले यसको अध्धयन गरिरहेको छ । सन् २००६ देखी २०१५ सम्म विश्व कृषि तथा खाद्य संगठनको सहयोग मार्फत टी सी पी कार्यक्रम संचालन भएका थियो ।

बाजुरा जिल्लाको कोल्टी क्षेत्रका साप्प्टा , वाई , जगन्नाथ , कोटिला , बाधु ,पाण्डुसैन र कोल्टी गाविसमा र मार्तडी , व्रह्मतोला कुल्देवमाण्डौ , र जुगाडा लगायतका गाविसमा स्थानीय जैतुनको वोटहरु रहेको पाईन्छ । इटलीको सहयोगमा कोल्टीको जनप्रकाश उच्च माविमा यसको प्ररिक्षण गरिको थियो ।

३० वटा जातहरुमा २८ वटा वाहिरको विकसित जात र २ वटा स्थानीय जातको जैतुनको प्ररिक्षण गरिएको जैतुन फर्मका जनेश भाण्डारीले वताए । हाल बाजुरामा २८ जातमा १० जात फलेको र १६ प्रतिशत तेल एक्सट्रा भर्जीनका रुपमा विकसित जैतुन वाट पाएको र ५ देखी प्रतिशत तेल स्थानीय वोट वाट निस्कने गरेको भण्डारीले वताए । नेपालमा जैतुनको विकासका लागि विभिन्न समयमा सरकारले कार्यक्रम संचालन गर्दै आईरहेको छ । आ.व. २०७१ ÷ २०७२ मा एक गाउँ एक उत्पादन कार्यक्रम मार्फत बाजुरा जिल्लामा जैतुन खेती लाई प्राथमिकता दिई कार्यक्रम उद्योग वाणिज्य संघ मार्फत संचालन भईरहेको जिल्ला कृषि विकास कार्यालय प्रमुख डा. रामकृष्ण क्षेष्ठले वताए ।

बाजुरा जिल्लामा जैतुन विकासका लागि विभिन्न प्रयासहरु भएको र जिल्लाको गरिवी न्यूनीकरण गर्न र आय आर्जनका स्रोत वढाउनका लागि यो खेती आवश्यक रहेको र वाजुरामा सफल भएकाले यसको व्यवसायिक करण गर्नका लागि लाग्नु पर्ने एमाले उप सचिव गगन रावले वताए । जिल्ला विकास समितिको २१ औ जिल्ला परिषद्ले वाजुरालाई ओलीभ जोनका रुपमा विकास गर्नका लागि नितीगत निर्णय गर्नुका प्राथमिक नं १ कार्यक्रमका रुपमा समेत अगाडी वढाएकाले सरकारले पनी यसलाई विशेष महत्व दिएर कार्यक्रम लागु गर्ने भएको छ ।

आ.वं २०७३ ÷२०७४ को वजेट निती तथा कार्यक्रम अन्तरगत प्रद्यानमन्त्री कृषि आधुनीकरण कार्यक्रम भीत्र जैतुन विकास कार्यक्रम पनी रहेको र हाल राष्ट्रिय योजना आयोगले कार्यक्रम र कार्य विधि स्वीकृत नगरेकाले कार्यक्रम संचालन ढीलो हुने डा.श्रेष्ठले वताए । हाल वाजुरा जिल्लामा रहेको जैतुनको सम्र्वदन तथा प्रर्वद्धन गरि यस लाई व्यवसयीककरण गर्न हेतुले नोपल सरकार कृषि विकास मन्त्रालय अन्तरगत फलफुल विकास निर्देशनालय मार्फत जैतुन विकास केन्द्र स्थापना हुने भएको छ ।

जिल्लामा ९ जनाको दरवन्दी स्वीकृत भई सकेको र १ करोड २८ लाख ६८ हजार रकमको निकासा आईसकेको छ । यो रकम ले भवन निर्माण र जैतुन विकास फर्म स्थापना गरिने भएको डा. श्रेष्ठले वताए । वुधवार प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले फर्मअ स्थापना गर्नका लागि आवश्यक जग्गाको पहिचान गर्नका लागि जग्गा छनौट समीती समेत गठन गरेकोछ ।

सहायक प्रमुख जिल्ला अधिकारी भीम वहादुर शाहीको संयोजकत्वमा जिल्ला ईन्जीनीयर जंग वहादुर थापा , नापी कार्यालय प्रमुख उत्तमवावु भण्डारी ,जिल्लावनकार्यालयका रेञ्जर विशाल लामा , जैतुन फर्म कोल्टी वाट जनेश भाण्डारी र वागवानी अधिकृत सवीता जोशी सदस्य सचिव रहेको ७ सदस्यीय समीती गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्