जोशी प्रधानन्यायाधीशमा अस्वीकृत, विपक्षमा १० मत


काठमाडौं, १८ साउन । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाशीश दिपकराज जोशीको नाम अस्वीकृत गरेको छ ।
सिंहरदरबारमा सुनुवाई समिति बैठकमा अध्यक्षता गरिरहेका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले मतदानमार्फत टुंगो लगाउन प्रस्ताव निर्णथार्थ प्रस्तुत गरेपछि जोशीको विपक्षमा १० मत खसेको थियो । नेकपाको ९ र संघीय समाजवादी फोरमको १ मत खसेको होे ।
कांग्रेस सांसदहरुले भने बैठक बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्