जोशी हाइड्रोपावरका मजदुर बोकेको बस पल्टियो, ३ जनाको मृत्यु, ३१ जना घाईते


सर्लाही, १ बैशाख । सर्लाहीको लालबन्दीमा वस पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गको लालबन्दीमा आईतावर विहान बस पल्टिएको प्रहरीले जनाएको छ ।
जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर काठमाण्डौंबाट भ्रमणमा निस्केको बा।३।ख १३१८ नम्वरको बस पल्टिँएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको हो।

दुर्घटना परी ३१ घाइते भएकामध्ये ४ जना अवस्था गम्भीर रहेकोलेथप उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्