ज्ञानेन्द्रलाई दिएको सुरक्षा खोस्न सरकारसँग युवा संघको माग


१० असार । युवा संघ नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सुरक्षा फिर्ता बोलाउन माग गरेको छ । युवा संघका अध्यक्ष राजीव पहारीले पूर्वराजा ज्ञानेन्द्रलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्ने माग गरेका छन् ।

उनले ज्ञानेन्द्रलाई दिएको १ सय ५५ शसस्त्रसहित अन्य सुरक्षा सुविधा फिर्ता बोलाउन सरकारसँग माग गरे । युवा संघ बाँकेको नवौं जिल्ला अधिवेशन उद्घाटनका क्रममा पहारीले भने– ‘राजाबाट नागरिक बनेका ज्ञानेन्द्रलाई दिइएको अत्याधिक सुरक्षा सुविधा अनावश्यक र राज्यलाई आर्थिक बोझ मात्रै हो ।’

पहारीले ज्ञानेन्द्रलाई कुनै असुरक्षा नभएकाले उनका लागि खटिएका सुरक्षाकर्मी अन्यत्र खटाउनुपर्ने बताए । ज्ञानेन्द्रसँगै अन्य पूर्वविशिष्टका नाममा पाँच हजार सुरक्षाकर्मी खटाइएको भन्दै त्यो आवश्यक नभएको जिकिर गरे ।

पहारीले सत्य निरुपण तथा मेलमिलाप आयोगका नाममा अपराधीलाई छुट दिने षडयन्त्र भइरहेको भन्दै उनले आयोगले अपराधीलाई छुटकारा दिए युवा संघले कार्बाही गर्ने चेतावनीसमेत दिए । कार्यक्रममा उपाध्यक्ष दिलकुमारी पन्त , महासचिव किरण पौडेल , सचिबहरु हस्त शाही , नरेश शाही, अशोक चन्द वचनसिंह, बाँके पार्टी अध्यक्ष अध्यक्ष अशोक कोइराला लगायतले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्