ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस मनाउँदै एमाले


 ३२ जेठ । ज्येष्ठ नागरिकको सम्मान गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा संसारभरि नै मनाइने ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस नेपालमा पनि बुधबार मनाइने भएको छ । सो दिवसको अवसर पारेका नेकपा (एमाले)ले बुधबार विविध कार्यक्रम गरी जेष्ठ नागरिक दुव्र्यबहारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने तयारी गरेको छ । एमालेले मंगलबार पत्रकार सम्मेलन गरी जेष्ठ नागरिक दुव्र्यबहार विरुद्ध सचेतना अभियान चलाउने जानकारी दियो ।

मनमोहन स्मृति प्रतिष्ठानको आयोजना र काठमाडौं जिल्ला कमिटीको व्यवस्थापनमा एमालेले वुधबार राजधानीमा ¥यालीसहित विशेष कार्यक्रम गर्ने भएको हो । प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले बुधबार दिउँसो न्युरोड पिपलबोटबाट बसन्तपुर डबलीसम्म ज्येष्ठ नागरिकहरुको ¥याली आयोजना गर्ने तयारी गरेको जानकारी दिए । सन् २०१२ बाट संयुक्त राष्ट्रसंघले जुन १५ मा संसारभरी जेष्ठ नागरिक दुव्र्यबहारविरुद्धको दिवस मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष विश्वभरी नै त्यस्ता कार्यक्रम गर्ने गरिएको छ ।

एमालेले बुधबार नै ¥यालीपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशी, राष्ट्रकवी माधवप्रसाद घिमिरे, काठमाडौं नगरपालिकाका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठ र जेष्ठ कम्युनिष्ट वसन्त गौचनसहित डेढ दर्जन लब्धप्रतिष्ठित नागरिकहरुलाई सम्मान गर्ने तयारी भएको पनि अधिकारीले जानकारी दिउ ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सचिवालय सचिव प्रदिप ज्ञवालीले व्यक्तिवाद र उपभोक्तावाद बढ्दै जा“दा पारिवारिक संरचनामा पनि विघटनको स्थिति देखिन थालेको परिस्थितिमा जेष्ठ नागरिकको व्यवस्थापन चुनौतिको विषय बन्न थालेको बताए । उनले यसका लागि चेतना अभिवृद्धी र सम्मानको खा“चो रहेको भन्दै त्यसको अगुवाई देशभर एमालेले गर्ने घोषणासमेत गरे ।

कार्यक्रममा ज्ञवालीले नेकपा (एमाले)लाई जेष्ठ नागरिकलाई सम्मान गर्ने पार्टीका रुपमा सबैले बुझेको पनि दाबी गरे । ‘सामाजिक सुरक्षा भत्ताको सुरुवात गर्ने पार्टी एमाले नै हो,’ उनले भने, ‘दुई सयबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले दुई हजार पुगेको छ, जेष्ठ नागरिक भत्ता अहिले दुई हजार पुगेपछि उहाँहरु खुशी भएर अहिले खुशीयाली साट्न मेची–काली अभियानमा जुट्नु भएको छ ।’ १० जना जेष्ठ नागरिकले कञ्चनपुदेखि इलामसम्मका २० जिल्लामा कार्यक्रम गर्ने ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्