झापाका थप १० जनामा कोरोना संक्रमण


झापा, ८ जेष्ठ । झापाका थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार राति थपिएसँगै झापामा मात्र संक्रमितको संख्या २७ पुगेको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जानकारीले दिएको छ। बुधबार राति पुष्टि भएकाहरु पनि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका भारतबाट आएका व्यक्तिहरु हुन्। प्रदेश १ मा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्