झापामा थप १७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५४ पुग्यो


विराटनगर,१४ जेठ  । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।उनिहरुको परीक्षण कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको थियो । कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्