टर्कीमा गोलाबारी र हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु


१२ भदौ । टर्कीले आइतबार सिरियाली क्षेत्रमा गरेको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा २० सर्वसाधारणको मृत्यु भएको छ ।

इस्लामिक स्टेट, (आइएस) जिहादी समूह र कुर्दिस लडाकूलाई विरुद्ध टर्कीले जारी राखेको हवाई र आक्रमण गोलावारी आइतबार पाँचौ दिन भएको मानवअधिकारवादी समूहले जनाएको छ ।

जराबुलुसदेखि दक्षिणमा पर्ने एक गाउँ जेबएलकुसामा भएको टर्कीसँग आवद्ध यस हवाई आक्रमण र गोलाबारीमा परी कम्तीमा २० सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ५० भन्दाबढी घाइते भएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्दुल रहमानले बताएका छन् ।

सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केहीसमयपछि गृहयुद्धमा परिणत भयो ।

जारी गृहयुद्धको क्रममा आइएस जिहादी समूह, अल कायदा र कुर्दिस लडाूकको बिगबिगी बढ्यो । यसको कारण छिमेकमा रहेका टर्कीगायतका देशको सीमानामा हिंसा पनि बढेको पाइन्छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्