टेलिकमका सेवामा भारी छुट


काठमाडौ, २५ असोज । नेपाल टेलिकमले दशैँँको अवसरमा आफ्ना सेवाहरूमा विशेष छुट प्रदान गरेको छ । अनलिमिटेड प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा लिन सकिनेछ । ६ सय रुपैयाँमा १५ का लागि प्रत्येक दिन २ जिबी प्याक उपलब्ध हुनेछ । प्याकअन्तर्गत १ जिबी पिक आवर अर्थात् बिहान ६ बजेदेखि राति १० बजेसम्म र १ जिबी अफ पिक आवर राति १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिनेछ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र तीन सय रुपैयाँमा उपलब्ध हुनेछ । उक्त प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क प्रदान गरिने पनि कम्पनीले जनाएको छ । त्यस्तै भ्वाइस प्याकअन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिनेछ । एक दिनका लागि मात्र उपलब्ध हुने यस्तो सुविधा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिनेछ । डाटा प्याकअन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ, जुन बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्ममा प्रयोग गरिसक्नुपर्नेछ । यस्तो अफर कात्तिक ७ सम्म खरिद गर्न सकिनेछ । विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले स्टार १४१५ स्टार ९ हृयास डायल गर्नुपर्नेछ । त्यस्तै असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोस बाट रिचार्ज गर्दा बोनस प्राप्त हुनेछ । एक सय र दुई सयको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जमार्फत रिचार्ज गर्दा १० प्रतिशत पाँच सय र एक हजारको रिचाज रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । एक सय र दुई सय रुपैयाँको बोनस ३ दिनभित्र र पाँचसय र एक हजार रुपैयाँको बोनस पाँच दिनभित्र उपभोग गरिसक्नुपर्नेछ । त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । असोज ३० देखि कात्तिक ६ गतेसम्म एडिएसएल÷एफटिटिएच÷वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकको समयावधि कात्तिक ७ गतेसम्म थप हुनेछ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकको सेवा सुचारु भइरहनेछ ।

प्रतिक्रिया दिनुहोस्